Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

ट्रेलरमा ‘शिरफूल’: सम्बन्धको कथासंगै मौलिक संस्कृति (भिडियो)

Kalakarmi Kalakarmi June 3, 2024 13:47
ट्रेलरमा ‘शिरफूल’: सम्बन्धको कथासंगै मौलिक संस्कृति (भिडियो) Image

काठमाडौं- कमल एक्चै मगरको निर्देशनमा बनेको फिल्म ‘शिरफूल’ को ट्रेलर सार्वजनिक गरिएको छ । असार ७ गतेदेखि प्रदर्शनमा आउने यो फिल्म नाइस मिडिया नेटवर्कको ब्यानरमा केहि वर्षअघि निर्माण भएको हो । ‘शिरफूल’ आदिवासी जनजाति महिलाहरुले लगाउने एक प्रकारको सुनको गहना हो । नारीले शिरमा लाउने, फूलका आकार हुने भएकाले ‘शिरफूल’ भनिएको हो । नेपाली समाजमा छोरी चेलीलाई शिरको फूलको रुपमा लिने चलन भएकोले चलचित्रमा छोरीलाई बिम्बको रुपमा बुझाउन खोजिएको निर्देशक मगरले बताए । सार्वजनिक ट्रेलरमा सम्बन्धको कथा संगै संस्कृतिलाई पनि देखाईएको छ । फिल्ममा अहिलेको बढ्दो आधुनिकताको प्रभावसँगै युवा पुस्तामा देखिएको ...