कलाकारको अप्रिल फूलः कसले कसलाई झुक्याए, को आफैँ झुक्किए ?

Kalakarmi Kalakarmi April 1, 2025 09:51
कलाकारको अप्रिल फूलः कसले कसलाई झुक्याए, को आफैँ झुक्किए ? Image

काठमाडौं- आज अप्रिल १ तारिख । अंग्रेजी महिनाको अप्रिल १ लाई अप्रिल फूल अर्थात् उल्लू बनाउने दिन भनेर मनाइने गरिन्छ । विगतदेखि नै यस दिन आफ्नो परिवार साथीभाइदेखि छर-छिमेकलाई झुट्टा कुरा गरी उल्लू बनाउने गरिन्छ । हरेक व्यक्तिसँग आजको दिन आफूले अरूलाई अप्रिल फूल मनाएको या त अरूले आफूलाई मनाएको केही न केही अनुभव रहेकै हुन्छ । यसैबीच, कलाकर्मीले केही सेलिब्रेटीहरुलाई उनीहरुले आजको दिन कसैबाट अप्रिल फूलको शिकारमा परेको अथवा आफूलाई शिकारमा पारेको अनुभव साट्न आग्रह गरेको छ । उनीहरुले पनि आफूसँग भएको अप्रिल फूलको अनुभवलाई ताजा गरेका छन् ।   हाँस्य कलाकार तथा अभिनेता ...