‘ऊनको स्वीटर’ को टीजर सार्वजनिक, मिरुनाको डायरीमा खिपेर अटो भर्दै विपिन


काठमाडौं- एक समय थियो, जब डायरीका पानाहरूमा साथीभाई, आफन्तजन र प्रियजनका माया मिसिएका शब्दहरू कोरिन्थे, तिनै पानामा फोटोहरू टाँसिन्थे, अनि जीवनका अविस्मरणीय क्षणहरू अक्षरहरूमा कैद गरिन्थ्यो । प्रेमी-प्रेमिकाले सँगै बिताएका पलहरू, साझा सपना र गहिरा भावना डायरीका हरफहरूमा जिउँदै थिए । तर डिजिटल युगको उदयसँगै त्यो परम्परा धमिलो बन्दै गयो, स्मृतिहरू अब स्क्रिनमा कैद हुन्छन्, तर तिनको आत्मीयता कत्तिको बाँकी छ भन्ने प्रश्न उठ्न थाल्यो । यही भुलिँदै गएको समयलाई मङ्गलवार रिलिज गरिएको ‘ऊनको स्वीटर’ टिजरले पुनः जीवित गरिदिएको छ, जहाँ डायरीका पानाहरू पल्टाउँदा निस्कने पुरानो यादको सुवास अझै पनि ताजा महसुस ...