Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

शुक्रवारदेखि प्रदर्शन हुने ‘महाजात्रा’ सेन्सर पास

Kalakarmi Kalakarmi March 19, 2024 05:22
शुक्रवारदेखि प्रदर्शन हुने ‘महाजात्रा’ सेन्सर पास Image

काठमाडौं– यही चैत ९ गते शुक्रवारदेखि विश्वव्यापी प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘महाजात्रा’ सेन्सर पास भएको छ । केन्द्रीय चलचित्र जाँच समितिले फिल्मलाई यूनिभर्सल अर्थात ‘यू’ प्रमाणपत्र दिँदै सबैका लागि खुला गरेको हो । प्रदीप भट्टराई यो फिल्मका लेखक तथा निर्देशक हुन् । फिल्मले मनोरञ्जनसँगै सन्देश दिने भएकाले यो सम्पूर्ण वर्गका दर्शकलाई लक्षित गरेर तयार गरिएको निर्देशक भट्टराईको भनाइ छ । फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय छ ...