Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

पशुपतिनाथ क्षेत्रमा आजदेखि मासु, मदिरा र नशालु पदार्थ निषेध

Kalakarmi Kalakarmi December 7, 2023 05:57
पशुपतिनाथ क्षेत्रमा आजदेखि मासु, मदिरा र नशालु पदार्थ निषेध Image

काठमाडौं– पशुपतिनाथ क्षेत्रमा आज मंसिर २१ गते बिहिवारदेखि मासु, मदिरा तथा नसालु पदार्थ निषेध गरिएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले पशुपतिनाथ क्षेत्रमा यी सामग्रीको किनबेच तथा प्रयोगमा प्रतिवन्ध लगाएको हो । बाला चतुर्दशी (शतवीजारोपण पर्व) लाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले पशुपतिनाथको चार किल्ला तोकेर आजदेखि मंसिर २७ गतेसम्म मासु, मदिरा र नसालु पदार्थ निषेध गरेको हो । यसअनुसार गौशाला, मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगङ्गा चक्रपथदेखि उत्तर र मित्रपार्क–उमाकुण्ड–गौरीघाटहुँदै गुहृयेश्वरीदेखि दक्षिण भित्रका सबै भागमा मासु, मदिरा र नसालु पदार्थ निषेध गरिएको छ । कार्यालयले जारी गरेको ...