Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘घरज्वाईँ’ को क्यारेक्टर पोस्टरमा फरक देखिए दयाहाङ

Kalakarmi Kalakarmi March 31, 2024 05:09
‘घरज्वाईँ’ को क्यारेक्टर पोस्टरमा फरक देखिए दयाहाङ Image

काठमाडौं– दुई साताअघि रुकुममा छायांकन सम्पन्न भएको नयाँ नेपाली फिल्म ‘घरज्वाईँ’ को फर्स्ट लूक पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा फिल्मका अभिनेता दयाहाङ राईलाई मात्र चित्रण गरिएको छ । पोस्टरमा दयाहाङको गेटअप निकै पृथक देखिएको छ । मुडुलो कपालमा कालो रंगको पहिरन लगाएका दयाहाङले काँधमा बन्दिक बोकेका छन् भने एउटा झोलासमेत भिरेका छन् । तस्विरमा उनी निकै गम्भिर देखिएका छन् । आइतवार बिहान इन्स्टाग्राममार्फत अभिनेता राई आफैँँले यो पोस्टर सार्वजनिक गर्दै फिल्मका बारेमा जानकारी दिएका हुन् । उनले लेखेका छन्– ‘जनक घर्ती मगरको निर्माण तथा अनिल बुढा मगरको निर्देशनमा ...