Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

रहेनन् कलाकार उज्ज्वल केसी

Kalakarmi Kalakarmi May 12, 2024 12:16
रहेनन् कलाकार उज्ज्वल केसी Image

काठमाडौं– कलाकार, रेडियोकर्मी तथा टेलिभिजनकर्मी उज्ज्वल केसी केसी अब यो संसारमा रहेनन् । लामो समयदेखि बेल्जियममा बसोबास गर्दै आएका कलाकार केसीको हृदयाघातका कारण शनिवार निधन भएको चलचित्र कलाकार संघका निवर्तमानअध्यक्ष रविन्द्र खड्काले पुष्टि गरेका छन् । कलाकार संघका सदस्यसमेत रहेका कलाकार केसीका शनिवार बेल्जियममै हृदयाघाटका कारण निधन भएको हो । केसीका भाइ प्रज्वल केसीका अनुसार दिवंगत केसीको अन्त्येष्टि सोमवार बेल्जियममै गरिने छ । कलाकार केसीले नेपालमा छँदा रेडियो, टेलिभिजन, फिल्म आदि विधामा काम गरेका थिए । उनले टेलिभिजन कार्यक्रम प्रस्तोताका साथै कलाकारको रुपमा विभिन्न टेलिश्रृंखलाहरुमा समेत अभिनय गरेका थिए । ...