Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘पूजार सार्की’ को विषयमा दलित आयोगको चासो

Kalakarmi Kalakarmi May 3, 2024 10:22
‘पूजार सार्की’ को विषयमा दलित आयोगको चासो Image

काठमाडौं– जातीय विभेदविरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा सङ्घर्षको कथामा आधारित भएर बनेको नेपाली फिल्म ‘पूजार सार्की’ प्रति राष्ट्रिय दलित आयोगले चासो देखाएको छ । यसै साता ललितपुरको कुपण्डलोस्थित आयोगको कार्यालयमा फिल्मको टिमसँग आयोगका अध्यक्षदेखि सदस्यसम्मले भेट गर्दै फिल्मका बारेमा जानकारी लिएका छन् । फिल्मको टिमलाई स्वागत गर्न आयोगले विशेष कार्यक्रम नै राखेको थियो । फिल्मका अभिनेत्रीद्वय अञ्जना बराइली, परीक्षा लिम्बू तथा लेखक विकास सुवेदीको कार्यक्रममा उपस्थिति थियो । लेखक सुवेदीले आयोगलाई फिल्मको कथावस्तुबारे जानकारी दिँदै ‘पूजार सार्की’ आफूले देखेको घटनामा आधारित भएर बनेको उल्लेख गरे । आयोगसँगको छलफलमा सहभागी हुँदै सुवेदीले भने– ...