Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘पुजार सार्की’को छायाङ्कन स्थलबाटै आर्यनको भिडियो भाइरल भएपछि निर्देशकलाई तनाव

Kalakarmi Kalakarmi March 15, 2024 06:00
‘पुजार सार्की’को छायाङ्कन स्थलबाटै आर्यनको भिडियो भाइरल भएपछि निर्देशकलाई तनाव Image

काठमाडौं- छायाङ्कनमा रहेको फिल्म‘पुजार सार्की’का अभिनेता आर्यन सिग्देलको चरित्र चित्रण हुने भिडियो सोसल मिडियामा भाइरल भएको छ । फिल्मका निर्देशक दिनेश राउतले आफूले कुनै अवसर पारी लुक्स सार्वजनिक गर्ने तयारी गरिरहेको समयमा एक्कासि भिडियो नै भाइरल भएपछि केही तनाव भएको बताए । निर्देशक राउतले आफूले सोचे अनुरूप सार्वजनिक गर्न नपाए पनि दर्शकले सिग्देलको लुक्सबारे चर्चा गरिरहेको देख्दा खुसी नै लागेको बताए । ‘जसरी पनि प्रचार सामग्रीहरूमा हामीले देखाउनै पर्ने थियो । योजनामा राखिएको समय अगावै भिडियो सोसल मिडियामा आएको रहेछ । आर्यनको कोही फ्यानले सेटमै खिचेर अपलोड गर्नुभएछ,’ सुटिङ सेटबाटै राउतले ...