रवि लामिछाने भन्छन्– ‘एनसेल प्रकरणमा अध्ययन गर्ने कुरा बेकारको नाटक हो’


काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एनसेल खरिद–बिक्री प्रकरणमा समिति बनाएर अध्ययन गर्ने सरकारको भनाईलाई नाटकको संज्ञा दिएका छन् । बुधवार पार्टी केन्द्रीय कार्यालय बालाजुमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै लामिछानले एनसेलमा गैरकानूनी काम भएको भए तत्काल कारबाही गर्नुपर्ने बताए । तर समिति बनाउने कुरा नाटक भएको उनको प्रतिक्रिया छ । एनसेल प्रकरणमा कयौँ राजनीतिक दलको संलग्नता आशंका गरेका लामिछानेले सत्ता गठबन्धनले सर्वदलीय बैठक बस्ने नभइ कर छल्ने मानिसलाई पक्राउ गर्नुपर्ने बताए । ‘एनसेल प्रकरणमा कयौँ राजनीतिक दलहरुको संलग्नता हुनसक्छ । त्यहाँ कयौँ कुरा हुनसक्छ । त्यो एउटा छानबिनको विषय ...