Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

भिडियो पसल एपमा आयो ‘चिसो मान्छे’

Kalakarmi Kalakarmi January 5, 2024 11:06
भिडियो पसल एपमा आयो ‘चिसो मान्छे’ Image

काठमाडौं– दीपेन्द्र के खनालको निर्देशनमा बनेको नेपाली फिल्म ‘चिसो मान्छे’ नेपाली ओटीटी प्ल्याटफर्म भिडियो पसलमा रिलिज भएको छ । यद्यपि, अहिलेका लागि यो फिल्म नेपाल बाहिरबाट मात्र हेर्ने व्यवस्था गरिएको छ । ‘चिसो मान्छे’ कोरोना कालमा सिनेमा हलमा रिलिज भएको थियो । त्यसकारणले पनि विदेशमा बस्ने धेरै दर्शकमाझ नपुगेको हुनाले यसलाई ओटीटीमार्फत रिलिज गरिएको भिडियो पसलका सह–संस्थापक नेहा कार्की बताउँछिन् । नयाँ वर्ष २०२४ को अवसर पारेर विदेशमा रहेका नेपाली लक्षित गरेर यो फिल्म रिलिज गरिएको हो । सबै स्मार्ट डिभाइसमा भिडियो पसल एप डाउनलोड गरेर यो फिल्म चलचित्र हेर्न सकिन्छ । ...