Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘नो विन्टर होलिडेज फ्रम नेपाल’ उत्कृष्ट फीचर डकुमेन्ट्री

Kalakarmi Kalakarmi December 12, 2023 15:22
‘नो विन्टर होलिडेज फ्रम नेपाल’ उत्कृष्ट फीचर डकुमेन्ट्री Image

काठमाडौं– राजन कठेत तथा सुनीर पाण्डेद्वारा निर्देशित ‘नो विन्टर होलिडेज फ्रम नेपाल’ ले ११ औं नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२३ मा उत्कृष्ट फीचर डकुमेन्ट्रीको पुरस्कार जितेको छ । एउटै पुरुषसँग विवाह भएर श्रीमान् दिवंगत भएपछिका दुई एकल वृद्ध महिलाको कथा रहेको वृत्तचित्रलाई महोत्सवको निर्णायक समितिले उत्कृष्ट ठहर गरेको हो । मंगलबार सम्पन्न महोत्सवमा उत्कृष्ट कथानकमा सर्ट फिल्मतर्फ फ्रान्सको जवाहिन जेनिटरको ‘अन माइफादर्स ग्रेभ,’ आकांक्षा कार्कीको ‘सनै,’ महिला सिनेकर्मीमा शुभांगी खड्काको ‘एज अफलर्निङ’ उत्कृष्ट दरिए । प्रत्येक वर्ष जस्तै यसपटक सामूहिक अधिकारका विषयलाई प्राथमिकतामा राखेर उक्त महोत्सव सम्पन्न भएको आयोजकले जनाएका छन् ...