Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

लन्जेभिटीद्वारा कलाकार मदनकृष्ण श्रेष्ठको आजीवन निःशुल्क स्वास्थ्य उपचारको घोषणा

Kalakarmi Kalakarmi September 8, 2024 01:45
लन्जेभिटीद्वारा कलाकार मदनकृष्ण श्रेष्ठको आजीवन निःशुल्क स्वास्थ्य उपचारको घोषणा Image

ललितपुर– ललितपुरमा रहेको लन्जेटिभी हेल्थ होमले वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको आजीवन निःशुल्क स्वास्थ्य उपचार गर्ने घोषणा गरेको छ । शनिवार चलचित्र निर्देशक समाजको सहकार्यमा चक्रपथको चापाँगाउँ जाने बाटोमा अवस्थित हेल्थ होममा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा उक्त घोषणा गरिएको हो । शनिवार एक सय जनाभन्दा बढी फिल्मकर्मीहरुको उपस्थितिमा ५६ जना कलाकारहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो । ‘स्वास्थ्य शिविरमा सहभागि भएर स्वास्थ्य परीक्षण गर्ने सबै जना धेरै खुशी हुनु भयो, निर्देशक समाजका अध्यक्ष पराजुलीले भने । ललितपुरको चापागाउँ दोबाटोस्थित लन्जेटिभी हेल्थ होममा दिउँसो १ बजेसम्म सञ्चालित स्वास्थ्य शिविर आफूले सोचेको भन्दा सफल ...