अभिनेता पल शाहविरूद्धको मुद्दा दोहोर्याएर सुनुवाइ गर्न अनुमति

Kalakarmi Kalakarmi December 16, 2023 06:43
अभिनेता पल शाहविरूद्धको मुद्दा दोहोर्याएर सुनुवाइ गर्न अनुमति Image

काठमाडौं- सर्वोच्च अदालतले पूर्ण विक्रम शाह (अभिनेता पल शाह) विरुद्धको नाबालिग बलात्कारको मुद्दा दोहोर्याएर सुनुवाइ गर्न अनुमति दिएको छ । न्यायाधीशद्वय सुष्मालता माथेमा र हरिप्रसाद फुयालको यही मङ्सिर २२ गतेको इजलासले शाहविरुद्धको मुद्दालाई हेर्ने अनुमति प्रदान गरेको हो । बलात्कारको मुद्दामा शाहलाई सफाइ दिने उच्च अदालत पोखराको फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतमा दोहोर्‍याइ हेर्न पाउँ भन्दै निवेदन दिएको थियो । पल शाहलाई सफाइ दिने गरी उच्च अदालत पोखराले २०७९ फागुन ४ मा सुनाएको फैसलामा प्रमाणहरुको समूचित मूल्याङ्कन नगरिएको सर्वोच्चको ठहर  छ ।

Latest Updates See All Updates