Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘फरक परिवेश तथा चरित्रका कारण ‘पुजार सार्की’ मा दर्शकले मलाई माया गर्नु हुनेछ’: अञ्जना बराइली, अभिनेत्री

Kalakarmi Kalakarmi May 19, 2024 11:42
‘फरक परिवेश तथा चरित्रका कारण ‘पुजार सार्की’ मा दर्शकले मलाई माया गर्नु हुनेछ’:  अञ्जना बराइली, अभिनेत्री Image

काठमाडौं– अभिनेत्री अञ्जना बराइलीको पहिलो फिल्म ‘महापुरुष’ हो । पहिलो फिल्ममा अडिसनमार्फत छानिएकी अञ्जना ‘पुजार सार्की’ मा पनि अडिसनबाटै छनोट भएकी हुन् । ‘पुजार सार्की’ मा भने उनको ‘क्यारेक्टर अडिसन’ थियो। त्यसो त निर्देशक दिनेश राउतका हरेक फिल्ममा स्थापित कलाकारले पनि क्यारेक्टर अडिसन दिने गर्छन् । त्यसको जल्दोबल्दो उदाहरण फिल्म ‘प्रकाश’ का लागि अभिनेता प्रदीप खड्काले दिएको अडिसन हो । गत वर्षको तिहारको माहौलमा सबै रमाइरहँदा एक दिन निर्देशक दिनेश राउतले अञ्जनाको इन्स्टाग्राममा सन्देश लेख्दै मोबाइल नम्बर मागे। अञ्जनाले आफ्नो नम्बर दिएपछि दिनेश र अञ्जनाबीच पहिलो पटक कुराकानी भएको थियो । ...