व्यापक ओपनिङ गरेको ‘अञ्जिला’ को पहिलो तीन दिनको कलेक्सन सार्वजनिक

Kalakarmi Kalakarmi March 16, 2025 15:00
व्यापक ओपनिङ गरेको ‘अञ्जिला’ को पहिलो तीन दिनको कलेक्सन सार्वजनिक Image

काठमाडौं-  गत बिहीवार रिलिज भएको नेपाली फिल्म ‘अञ्जिला’ को तीन दिनको ग्रस कलेक्सन सार्वजनिक गरिएको छ । निर्माताले आइतवार सार्वजनिक गरेको कलेक्सन रिपोर्ट अनुसार यो फिल्मले बिहीवार शुक्रवार तथा शनिवार गरी २ करोड ७ लाख रुपैयाँ व्यापार गरेको हो । फिल्मका निर्माता प्रेमकुमार श्रेष्ठले वितरकहरूबाट प्राप्त रिपोर्टका आधारमा कलेक्सन रिपोर्ट सार्वजनिक गरेको बताए । रिलिजको पहिलो दिनदेखि नै यो फिल्मले उल्लेख्य रूपमा दर्शकको साथ पाउँदै आएको छ । रिलिजको दिन फागु पूर्णिमा भएको कारण मध्य दिनदेखि शो प्रारम्भ भएता पनि दिउँसोदेखि प्राप्त सम्पूर्ण शोहरू हाउसफुल भएका थिए भने शुक्रवार पनि फिल्मलाई दर्शकको ...