‘छविजीको आधा सम्पत्ति लिने अधिकार अदालतले दिएता पनि मैले टाउको लुकाउने उद्देश्यले खण्डहर जस्तो घरमा चित्त बुझाएकी हुँ’: शिल्पा पोखरेल, अभिनेत्री
Kalakarmi
January 22, 2025 07:30
काठमाडौं– अभिनेत्री शिल्पा पोखरेललाई अदालतले न्याय दिएको समाचार अहिले चर्चामा छ । फिल्म निर्माता छवि ओझासंग सम्बन्ध विच्छेद गरेपछि अदालतमा चलिरहेको माना-चामलको मुद्दा किनारा लागेको समाचार सार्वजनिक भएपछि अधिकांशले अहिले अभिनेत्री पोखरेललाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेको छ । समाचारमा अभिनेत्री पोखरेलले आफ्ना पूर्व श्रीमान् ओझाबाट काठमाडौंको गौरीघाटस्थित करोडौं मूल्य पर्ने घर पाएको उल्लेख छ । शिल्पा र ओझाबीच २०७३ साल असार २९ गते वैवाहिक सम्बन्ध गाँसिएको थियो । यद्यपि, विवाह गरेको तीन वर्षपछि अभिनेत्री पोखरेलले आफू श्रीमानबाटै असुरक्षित गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि यो मुद्दा काठमाडौं जिल्ला अदालतसम्म पुगेको थियो । ...