‘जन्ते बाख्रो’को ‘अंगुरको झुप्पो’मा आशिफ र गरिमाको जोडी


काठमाडौं । चलचित्र ‘जन्ते बाख्रो’को गीत ‘अंगुरको झुप्पो’ सार्वजनिक गरिएको छ । महेश काफ्ले र अस्मिता अधिकारीको स्वर, महेशकै शब्द रचना तथा संगीत रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार आशिफ शाह र गरिमा शर्माको अभिनय छ । जेठ २३ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्रमा गरिमा र आशिफसँगै सौगात