Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘पुजार सार्की’ को ईण्ड-क्ल्याप

Kalakarmi Kalakarmi March 20, 2024 06:21
‘पुजार सार्की’ को ईण्ड-क्ल्याप Image

काठमाडौं– छायाङ्कन प्रारम्भ भएको ४८औँ दिनमा नयाँ नेपाली फिल्म ‘पुजार सार्की’ को ईण्ड–क्ल्याप भएको छ । मंगलवार फिल्मको ‘दर्शन गरेँ हल्का निहुरेर’ बोलको कौडा गीतको छायाङ्कन पुरा भएसँगै सबै युनिट काठमाडौं फर्किन लागेको निर्देशक दिनेश राउतले बताए । अन्तिम दिन छायाङ्कन भएको यो गीतमा फिल्मका प्रमुख कलाकारहरू आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अन्जना बराइली र परीक्षा लिम्बुले नृत्य प्रस्तुत गरेका छन् । दर्शकको रोजाइका तीन स्टारहरू एक साथ फिल्ममा आउन लागेको खबर बाहिरिएदेखि नै ‘पुजार सार्की’ चर्चामा रहँदै आएको छ । यो फिल्ममा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, ...