Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

विश्वकप लिग-२ : नेपालले नेदरल्याण्ड्स र नामिबियासँग खेल्ने

Kalakarmi Kalakarmi December 1, 2023 09:34
विश्वकप लिग-२ : नेपालले नेदरल्याण्ड्स र नामिबियासँग खेल्ने Image

काठमाडौं- नेपालले आगामी वर्षको फेब्रुअरीमा आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय श्रृंखला आयोजना गर्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार काठमाडौंमा हुने सिरिज खेल्न नेदरल्याण्ड्स र नामिबिया नेपालमा आउने छन् । शुक्रबार नामिबिया र नेदरल्याण्डस्सँग घरेलु मैदानमा खेल्दै लिग–२ को सुरुवात गर्ने क्यानले जनाएको हो । लिग–२ मा नेपालसँगै यूएई, ओमान, स्कटल्यान्ड, नेदरल्यान्डस्, नामिबिया, अमेरिका र क्यानडा छन् । नेपालले हरेक टोलीसँग होम एण्ड अवे आधारमा त्रिकोणात्मक सिरिज खेल्नेछ । सिरिज आगामी फागुन ५ गतेदेखि सुरु हुनेछ।