Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

सधैँका लागि श्रेणीका भए अभिनेता गौरव

Kalakarmi Kalakarmi February 6, 2024 04:34
सधैँका लागि श्रेणीका भए अभिनेता गौरव Image

काठमाडौं– अभिनेता गौरव पहारी वैवाहिक जीवनमा बाँधिएका छन् । मुलपानीको नर्लिङ रिसोर्टमा अभिनेता पहारीले प्रेमिका श्रेणी खतिवडासँग लगनगाँठो कसेका हुन् । विवाहअघि यो जोडी तीन वर्षदेखि प्रेम सम्बन्धमा थियो । श्रेणी पेशाले जुम्बा प्रशिक्षक हुन् । ‘‘मञ्जरी’ बाट अभिनेताको रुपमा डेब्यु गरेका गौरवले त्यसयता ‘होस्टेल, उत्सव, गाजलु, साइँली, रातो घर, छक्का पञ्जा २ सहितका फिल्ममा अभिनय गरेका छन् । उनी ‘साइँली’ फिल्मका निर्माता पनि हुन् । गत असोज ३ गते नै इन्गेजमेन्ट गरेको यो जोडीको विवाहमा दुवै परिवार, आफन्त र केहि फिल्मकर्मीको उपस्थिति रहेको थियो ।