‘पिताम्बर’ को ट्रेलर सार्वजनिक, एक्सन अवतारमा प्रदीप


काठमाडौं- कृषा चौलागाईं निर्देशित मल्टिस्टारर-एक्सन फिल्म ‘पिताम्बर’को ट्रेलर युट्युबमा सार्वजनिक भएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा ट्रेलर सार्वजनिक गरियो । ३ मिनेट १४ सेकेण्ड रनटाइमको ट्रेलरले कथावस्तु र चरित्र चित्रणबारे प्रकाश पार्छ । यो फिल्म बदलाको कथा हो । महिलामाथिको अन्याय र शोषणविरुद्ध ‘पिताम्बर’ नामक शीर्ष पात्रले खलपात्रविरुद्ध लड्ने लडाइको कथा यसमा छ । एक्सन, ड्रामा, रोमान्स र संवेदनाको कथा समेटिएको यो फिल्मको केन्द्रमा महिलाविरुद्ध हुने अत्याचारको कथा समेटिएको छ । महिला न्यायको कथा यसको केन्द्रमा समेटिएको छ । निर्देशक चौलागाईंले पात्रमार्फत महिलामाथि हुने अन्याय र अत्याचारको कथा पेश गरेकी छन् ...