दर्शकको मागपछि ‘अञ्जिला’ को गीत ‘रात किन हुन्छ हजुर’ युट्युबमा सार्वजनिक

Kalakarmi Kalakarmi March 14, 2025 11:12
दर्शकको मागपछि ‘अञ्जिला’ को गीत ‘रात किन हुन्छ हजुर’ युट्युबमा सार्वजनिक Image

काठमाडौं – बिहीबारदेखि प्रदर्शनमा आई व्यापक चर्चा र प्रशंसा पाइरहेको फिल्म ‘अञ्जिला’को गीत ‘रात किन हुन्छ हजुर’ युट्युबमा सार्वजनिक गरिएको छ । पीडायुक्त शब्दहरू रहेको यस गीतले फिल्मकी प्रमुख पात्र एन्जिला तुम्बापो सुब्बाको जीवन गाथाका केही अंशहरू बयान गरेको छ । यस गीतमा थानेश्वर गौतम र शान्तिश्री परियारको स्वर रहेको छ भने थानेश्वरको सङ्गीत र प्रभा बर्तौलाको शब्द रचना रहेको छ । यस गीतको संक्षिप्त अंश फिल्ममा समेत सुन्न सकिन्छ । फिल्मका निर्देशक मिलन चाम्सले यस गीतलाई पूर्ण रूपमा सुन्नको लागि दर्शकबाट व्यापक माग आएपछि सार्वजनिक गरिएको बताए । फागु पूर्णिमाको अवसर पार्दै ...