Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

फागुन १४ मा ‘लाज शरणम’

Kalakarmi Kalakarmi May 10, 2024 05:47
फागुन १४ मा ‘लाज शरणम’ Image

काठमाडौं- चर्चित हाँस्य टेलिसिरियल ‘सक्किगोनी’ टिमले निर्माण गर्न लागेको फिल्म ‘लाज शरणम्’ यसै वर्षको महाशिवरात्रीको अवसर पारेर फागुन १४ मा रिलिज हुने भएको छ । हाल स्क्रिप्ट लेखनको चरणमा रहेको फिल्मको टिमले शुक्रबार रिलिज मिति फाइनल गरेको हो । निर्माण टिममध्येका कुमार कट्टेल ‘जिग्री’ले फिल्मका लागि चाँडै नै निर्देशक, कलाकार तथा अन्य प्राविधिक फाइनल गरिने बताए । ‘अहिले पात्र अनुसारको स्क्रिप्ट लेखनमै व्यस्त छौं । स्क्रिप्ट फाइनल भइसकेपछि कलाकार र प्राविधिक फाइनल हुनेछ’, उनले भने ।