Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘होस्टेल ३’ मा रिहान, पदम र सिम्रन

Kalakarmi Kalakarmi June 4, 2024 07:58
‘होस्टेल ३’ मा रिहान, पदम र सिम्रन Image

काठमाडौं- निर्माणको तयारीमा रहेको फिल्म ‘होस्टेल ३’को प्रमुख भूमिकामा रिहान गिरी, पदम तामाङ र सिम्रन पन्तको प्रवेश भएको छ । तीन जना कलाकारको ‘होस्टल ३’ डेब्यू फिल्म हुनेछ । यसअघि फिल्ममा भिडियो कन्टेन्ट क्रिएटरका रुपमा परिचित पारस बम ‘कुल ब्वाइ’ अनुबन्धित भइसकेका छन् । रिहान भुटानी नागरिक हुन् । उनी नेपाली गायन रियालिटी शो ‘भ्वाइस अफ नेपाल’को चौथो संस्करणको टप १० फाइनलिस्ट समेत हुन् । फिल्ममा उनी ‘मानव’ पात्रका रुपमा देखिनेछन् । त्यस्तै पदम सिक्किमका कमेडियन हुन् । उनी नेपालको पूर्वी क्षेत्रमा रुचाइएका कलाकार हुन् । फिल्ममा उनको पात्रको नाम ‘जिते’ रहनेछ । ...