Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

नेपाली फिल्मकर्मीहरु ओटीटीप्रति किन आकर्षित भैरहेका छैनन् ?

Kalakarmi Kalakarmi March 17, 2024 09:08
नेपाली फिल्मकर्मीहरु ओटीटीप्रति किन आकर्षित भैरहेका छैनन् ? Image

काठमाडौं– काठमाडौंमा जारी सातौं संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा नेपाली फिल्मसंग सम्बन्धित विभिन्न सेसनहरु सञ्चालन भएका छन् । ती मध्ये एक थियो ‘सिनेमाका नयाँ बजार र अवसरहरुका बारेमा गरिएको संवाद । गत चैत १ गतेदेखि काठमाडौंमा जारी महोत्सवको क्रममा आयोजना गरिएको उक्त संवाद कार्यक्रम चलचित्र पत्रकार संघ नेपालले संयोजन गरेको थियो । संघका महासचिव रघुनाथ सापकोटाद्वारा सहजीकरण गरिएको उक्त सेसनमा नेपाली फिल्मको नयाँ सम्भावना र बजार विस्तारका सन्दर्भमा वहस गरिएको थियो । उक्त वहसमा फोटो पत्रकार तथा फिल्म निर्माता श्रीधर पौडेल, कलाकार जीतु नेपाल, हाइलाट्स नेपालका प्रवन्धक जनक तामाङ तथा सिनेपेवलका ...