Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘बलिदान’मा ऋचा शर्माको प्रवेश

Surcinema Surcinema April 4, 2024 11:04
‘बलिदान’मा ऋचा शर्माको प्रवेश Image

काठमाडौं : निर्माणाधीन नेपाली चलचित्र ‘बलिदान’मा अभिनेत्री ऋचा शर्माले अभिनय गर्ने भएकी छन् । सिनेमामा काम गर्नको लागि शर्मासँग कागजी सम्झौता भएको सिनेमाका निर्माता तथा निर्देशक सन्तोष सेनले बताए। शर्माले निभाउने भूमिकाको विषयमा भने सेनले खुलाएका छैनन् । यद्यपि सिनेमामा प्रमुख भुमिका रहेको उनले बताए । आगामी वर्ष २०८१ मा रिलिज हुने ‘बलिदान’बाट प्रमुख अभिनेताको रूपमा समीर भट्टले डेब्यु गर्दैछन् ।उनले लामो समयदेखि भारतको मुम्बईमा रहेर अभिनय, मार्सल आर्ट, नृत्य र द्वन्द्वमा तालिमहरू गरिरहेका थिए । देशको अस्मिता जोगाउन एक युग पुरुष कसरी जन्मिछ भन्ने कथाको वरपर यो सिनेमा रहने निर्देशक सेनले बताएका छन्। यो सिनेमालाई एक सार्वभौम महाकथा भन्दै सेनले परिवर्तन र पहिचानका नाममा सोझा जनतालाई रक्तपातपूर्ण आन्दोलनमा होमिन लगाई बलिको बोको बनाउने र यसरी हत्याइने राज्य शक्तिमा आफै ढलीमली गर्दै राज्यको अस्मिता लुट्ने कुटिल व्यक्तिहरूलाई सिद्ध्याउनै पर्ने बेला आइसक्यो भन्ने सन्देश प्रदान गर्ने जनाए । आसुसेन फिल्मस् प्रा.ली. तथा सन्तोष सेनको प्रस्तुति रहने यस सिनेमामा निर्माताको रूपमा पवन ब्राडफोर्ड बिस्ट तथा सह निर्माता प्रेम पुरी रहेका छन् ।

The post ‘बलिदान’मा ऋचा शर्माको प्रवेश first appeared on Sur Cinema.