Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

प्रेस मिट गरेर दोस्रो विवाहको जानकारी दिने मुडमा रमेश उप्रेती

Kalakarmi Kalakarmi July 12, 2024 09:00
प्रेस मिट गरेर दोस्रो विवाहको जानकारी दिने मुडमा रमेश उप्रेती Image

काठमाडौं- अभिनेता रमेश उप्रेतीले विवाह गर्ने तयारी गरेका छन् । यहि वर्षको मंसिर महिनामा उनले विवाह गर्न लागेका छन् । पहिलो प्रेम विवाह असफल भएपछि अभिनेता उप्रेतीले अहिल मागी विवाह गर्न लागेका हुन् । उनले केहि समय अगाडि दोस्रो विवाह गर्ने योजना नभएको बताउँदै आए पनि अहिले भने परिवारले धेरै आग्रह गरेपछि आफू विवाहका लागि तयार भएको उप्रेती बताउँछन् । विवाहबारे छिट्टै सबैलाई खुशीको‌ खबर दिने तयारीमा रहेका रमेशले उत्साहित हुँदै भनेका‌ छन् – ‘सबै कुरा फाइनल भयो भने प्रेसमिट गरेर नै विवाहको जानकारी दिनेछु ।’