Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘ईश्वर’ मा शिक्षिका बनेकी कृष्टिन, दर्शकको माया पाउने कुरामा आशावादी

Kalakarmi Kalakarmi July 22, 2024 06:00
‘ईश्वर’ मा शिक्षिका बनेकी कृष्टिन, दर्शकको माया पाउने कुरामा आशावादी Image

काठमाडौं– गुरुङ भाषाका फिल्ममा अभिनय गरिसकेकी अभिनेत्री कृष्टिन गुरुङ यही साउन ११ गतेदेखि प्रदर्शनमा आउने नयाँ राजु गिरिद्वारा निर्देशित नयाँ नेपाली फिल्म ‘ईश्वर’ मा अभिनेत्रीको रुपमा दर्शकमाझ आइरहेकी छिन् । गुरुङ भाषाका फिल्महरुबाहेक अघिल्ला वर्ष प्रदर्शनमा आएको नेपाली फिल्म ‘दयारानी’ मा छोटो भूमिकामा अभिनय गरेकी कृष्टिन ‘ईश्वर’मा भने प्रमुख भूमिकामा छिन् । कृष्टिनका अनुसार फिल्मका निर्माता ध्रुव थापा र माओत्से गुरुङका कारण उनी यो फिल्ममा जोडिएकी हुन् । उनी सम्झिन्छिन्– ‘उहाँहरु यो फिल्मका लागि मंगोलियन अनुहारको नायिका खोजिरहनु भएको रहेछ । उहाँहरुसँग भेट भएपछि ईश्वरमा जोडिएँ ।’ गुरुङ फिल्ममा ग्रामीण चरित्र ...