Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

सन्दीप, टेकनाथ र केसीलाई धरौटीमा रिहा गर्न आदेश

Kalakarmi Kalakarmi December 1, 2023 10:50
सन्दीप, टेकनाथ र केसीलाई धरौटीमा रिहा गर्न आदेश Image

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई ३० लाख नगद धरौटीमा छोड्न आदेश दिएको छ । न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासले रायमाझीले कसुर गरेको पुष्टि हुन नसकेकाले पछि ठहर बमोजिम हुने गरी अहिले पुर्पक्षका लागि थुनामा राख्नु नपर्ने आदेश गरेको हो । यस्तै, भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई पनि १५ लाख रुपैयाँ धरौटी लिएर छाड्न अदालतले आदेश दिएको छ । यता पूर्वगृहमन्त्री बालकृष्ण खाणका स्वकीय सचिव नरेन्द्र केसीलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । केसीसँग १० लाख रुपैयाँ धरौटी माग गरिएको छ । ...