‘डोरी’ को ट्रेलरमा सामाजिक कथा हरर र थ्रिलरको मिश्रण


काठमाडौं । यही चैत १५ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘डोरी’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो । कार्यक्रममा लेखक, निर्देशक तथा प्रमुख कलाकार अरुण लामा, अभिनेत्री अञ्जना बराइली, अभिनेताहरू प्रवीण खतिवडा, शिशिर वाङ्देल, साजन श्रेष्ठ, वीरेन्द्र सिंह कुशवाहा, राज पौडेल, राज थापा, नूतन, शारदा अधिकारी, रामबाबु