लन्डनमा स्ट्याण्डअप कमेडीमा उत्रिँदै राजेश, भने साथीलाई हँसाए जस्तो हँसाउनु सहज छैन


काठमाडौं- महानायक राजेश हमाल यतिबेला लन्डनमा छन् । महानायक हमालले कमेडियन सन्दीप क्षेत्रीसँगै करिब सवा दुई घण्टा हँसाउने तयारीमा छन् । भोली २७ अप्रिल आइतबार साँझ लन्डन हयारो लिजर सेन्टरमा हुन गइरहेको ‘लाफ्टर फर लाइफ’ कार्यक्रममा हमाल र कमेडियन सन्दीप क्षेत्रीले एउटै मन्चमा स्ट्याण्डअप कमेडी प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । नेपाली फिल्ममा अभिनय गरेर झण्डै ३५ वर्ष बिताइसकेका अभिनेता राजेश हमालले शुक्रवार साँझ लन्डनमा आयोजित प्रेस मिटमा भने, ‘साथीभाईहरुलाई हँसाए जस्तो स्टेजमा गएर सबैलाई हँसाउनु पक्कै सहज छैन । तर, जीवनमा केही फरक गरौंन त भन्ने लागेर स्ट्याण्डअप कमेडी ...