‘कृषा दिदीले गाली गर्ने बानी चाहिँ अलि कम गर्नुपर्छ कि !’: प्रदीप खड्का, अभिनेता


काठमाडौं- कृषा चौलागाईंद्वारा निर्देशित एक्सन ड्रामा फिल्म ‘पिताम्बर’भोलि चैत २९ गते शुक्रवारदेखि प्रदर्शनमा आउँदै छ । फिल्मको प्रदर्शन मिति नजिकिएसँगै फिल्मका निर्माता तथा कलाकारहरू यति बेला फिल्मको प्रचार–प्रसारमा व्यस्त छन् । चौलागाईंँको यो फिल्ममा अभिनेता प्रदीप खड्का मुख्य भूमिकामा देखिँदैछन् । हालै काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ‘पिताम्बर’ महिलामाथि हुने शोषण र बदलाको कथामा आधारित रहेको जानकारी गराइएको छ । फिल्मका अभिनेता प्रदीप खड्काले आफूलाई अरू फिल्महरू भन्दा फिल्म ‘पिताम्बर’ को लागि एकदमै उत्सुक भएको बताएका छन् । उनले भने- ‘मेरो व्यक्तिगत जीवनको लागि एक्सन जनराको फिल्मचाहिँ एउटा नयाँ अनुभव हो । त्यसैले ...