Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

तीनकुनेबाट सिफल चौर पुग्यो प्रसाईंको प्रदर्शन

Kalakarmi Kalakarmi November 25, 2023 04:30
तीनकुनेबाट सिफल चौर पुग्यो प्रसाईंको प्रदर्शन Image

काठमाडौं- दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउँ महाअभियानले आज काठमाडौँको सिफल चौरमा कार्यक्रम गर्ने भएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले तीनकुने क्षेत्रमा कार्यक्रम गर्दा अन्तर्राष्ट्रिय बिमानस्थलमा समेत प्रभाव पर्ने तथा सुरक्षा दिन असहज हुने जनाएपछि सिफल चौरमा कार्यक्रम हुन लागेको हो । महाअभियानका सहप्रवक्ता राजानन्द माण्डव्यले सामाजिक सञ्जाल फेसबुकमार्फत काठमाडौं जिल्ला सुरक्षा निकायसँग शुक्रबार भएको छलफलपछि सिफलमा बिहान साढे ११ बजेदेखि कार्यक्रम गर्ने सहमति भएको जानकारी दिएका छन् ।