खुल्याे ‘वसन्त’ को टिकट बुकिङ, सिनेमा हलले कति दिए शो ?


काठमाडौं- चैत २२ गते शुक्रवारदेखि प्रदर्शनको तयारीमा रहेको नयाँ नेपाली फिल्म‘वसन्त’को अग्रीम टिकट बुकिङ खुला गरिएको छ । फिल्मका सार्वजनिक प्रचार सामाग्रीले दर्शकमाझ उच्च हाइप निर्माण गरेकाले मल्टीप्लेक्सदेखि सिंगल स्क्रिनसम्मले यो फिल्मलाई उच्च शो दिने देखिएको छ । देशकै ठूलो मल्टीप्लेक्स चेन क्युएफएक्सले तीन दिन अगावै अग्रीम टिकट बुकिङ खुला गर्दै काठमाडौं उपत्यकामा मात्रै ३३ शो दिएको छ । हामीले यो समाचार तयार पार्दासम्म मोफसलमा इटहरी बाहेकका हलमा वसन्तलाई क्युएफएक्सले ३८ शोसहित देशभर ७१ शो उपलब्ध गराएको छ । प्रकाश सपुतको डेव्यु निर्देशकीय फिल्म ‘वसन्त’ लाई आइएनआइ सिनेमाजले लोत्से मल, ...