Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

युवालाई राजेश हमालको टिप्स- ‘बाटो पहिल्याउनसके कोही नपुगेको ठाउँमा पुग्नुहुन्छ’

Kalakarmi Kalakarmi August 24, 2024 09:22
युवालाई राजेश हमालको टिप्स- ‘बाटो पहिल्याउनसके कोही नपुगेको ठाउँमा पुग्नुहुन्छ’ Image

काठमाडौं- अभिनेता राजेश हमालले युवाहरुमा इच्छाशक्ति र आत्मविश्वास भए कुनैपनि काम गर्न असम्भव नरहेको बताएका छन् । शनिवार काठमाडौंमा काठमाडौं युथ कनक्लेभ-२०२४ को अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सधैँ अरुले कोरेको बाटोमा मात्रै हिँड्छु भनेर अगाडि जान नसकिने स्पष्ट पारे । उनले साँच्चिकै अघि बढ्ने हो भने जोखिम मोलेर आफैँ बाटो खन्न सक्नुपर्ने बताए । उनले आफ्नो भित्रि प्यासन र इच्छाशक्तिलाई बुझेर काम गर्न युवाहरुलाई सुझाव दिए । उनले युवाहरुले जोखिम लिएर काम गर्नसके चाहेको कुरा पूरा गर्नसक्ने बताए । उनी भन्छन् ‘तपाईंमा तिब्र इच्छाशक्ति छ ...