Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

आज २ अर्ब ७९ करोडभन्दा बढीको शेयर कारोबार

Kalakarmi Kalakarmi December 7, 2023 10:44
आज २ अर्ब ७९ करोडभन्दा बढीको शेयर कारोबार Image

काठमाडौं- साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ११.७३ अंकले वृद्धि भएको छ । नेप्से सूचक १८५२.७७ विन्दुमा पुगेको छ। यस दिन कुल २ अर्ब ७९ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ। कारोबारमा आएका १३ मध्ये व्यापार समूहको परिसूचक घटेको छ । बाँकी समूहको परिसूचक बढेको छ । आजैबाट शेयर कारोबार खुलेको त्रिशुली जलविद्युत कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने समाज लघुवित्तको ९.९७ प्रतिशत र सिवाइसी लघुवित्तको ९.९१ प्रतिशतले बढेको छ।