Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘लण्डन टु पेरिस’को टिजर सार्वजनिक

Thulo Parda Thulo Parda May 10, 2024 12:05
‘लण्डन टु पेरिस’को टिजर सार्वजनिक Image

काठमाडौं। जेठ १० गते रिलिज हुने नेपाली चलचित्र ‘लण्डन टु पेरिस’को टिजर सार्वजनिक भएको छ। टिजरबाट यो चलचित्र  मा ‘ट्राभल-रोमान्टिक’ कथामा बनेको अनुमान गर्न सकिन्छ। यसमा युवायुवतीको प्रेम, रोमान्स र बिछोडको कथा देखाइएको छ। अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र नव कलाकार निश्चल खड्कालाई टिजरमा महत्त्व दिइएको छ भने गरिमा शर्मा र कबिर खड्कालाई थोरै स्थान दिइएको छ। घनश्याम लामिछानेले निर्देशन गरेको यस चलचित्रमा लण्डनदेखि पेरिससम्मका दृश्यहरू हेर्न पाइनेछ। गौतम प्रोडक्सन र अर्किड भेस फिल्म्स प्रालिसँगको सहकार्यमा यो चलचित्रलाई एबी इन्टरनेसनलले निर्माण गरेको हो। यसमा कथा, पटकथा र संवाद प्रदीप भारद्वाजको छ। अमित बस्नेतले निर्माण गरेको चलचित्रमा आरोन बस्नेत, एरियाना बस्नेत र परी राना निर्माता छन्। सनिश खकुरेल र अजित केआर थापा सह-निर्माता रहेको यसका कार्यकारी निर्माता अङ्कित गौतम, सुरज कुँवर र विजय भण्डारी हुन्। आरआर फिल्मस्ले नेपालभर वितरण गर्नेछ। टिजरः