‘नायकत्वभन्दा विषयवस्तु र चरित्रलाई प्रधानता दिएका फिल्मलाई दर्शकले औधी रुचाउन थालेका छन्’
काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको प्रकृति र संस्कृतिलाई आधुनिक प्रविधि, उपकरणको प्रवन्ध गरी गुणस्तरीय र अन्तर३राष्ट्रिय जगतमा प्रतिस्पर्धा गर्न सक्ने गरी पर्दामा उत्रारेर नेपालको फिल्म उद्योगलाई नेपालको पर्यटन उद्योगसंँग जोड्न आग्रह गरेका छन् । चलचित्र विकास बोर्डद्वारा बुधवार आयोजित राष्ट्रिय चलचित्र पुरस्कार २०८० तथा दीर्घ साधना सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले फिल्म उद्योगलाई नेपालको पर्यटन उद्योगसंँग जोड्न सबै कलाप्रेमीहरुलाई आग्रह गरेका हुन् । ‘नेपालको प्रकृति र संस्कृतिलाई आधुनिक प्रविधि, उपकरणको प्रवन्ध गरी गुणस्तरीय र अन्तराष्ट्रिय जगतमा प्रतिस्पर्धा गर्न सक्ने चलचित्रलाई पर्दामा उत्रारेर चलचित्र उद्योगलाई नेपालको पर्यटन उद्योगसंँग जोड्न यस अवसरमा सबै कलाप्रेमी ...