आज देशभरका फिल्म हल बन्द हुने
Ranga Nepal
February 5, 2024 05:22
काठमाडौं । आज देशभरका फिल्म हल बन्द हुने भएका छन् । सरकारले अव्यावहारिक कर लगाएको भन्दै खारेजीको माग राखेर सोमबार देशभरका हल बन्द गर्न लागिएको हो । मूल्य अभिवृद्धि करबाहेक अन्य अव्यवहारिक करहरुको खारेजीको माग गर्दै सोमबार देशभरका फिल्म हल बन्द गर्न लागिएको हलहरुले सूचना निकालेर जानकारी दिएका छन् ।