दुखी आत्मा’ को ‘ब्रेकअप कविता’ रिलिज
Kalakarmi
January 16, 2025 09:28
काठमाडौं- ‘माया, तिमी यसलाई एक घटना संझ । विन्ती यसलाई दुर्घटना नसम्झ । सम्झ सायद, यसरी छुट्नु नै भएको थियो भेट हाम्रो ।’ माथि उल्लेखित कविताको हरफ फागुनको २ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म ‘दुखी आत्मा’मा समावेश गरिएको छ । कवि श्रवण मुकारुङले लेखेका १० वटा कविताहरु यो फिल्ममा समावेश छन् । जसमध्ये, यसको निर्माणपक्षले पहिलो कविता सार्वजनिक गरेको छ । जसलाई ‘ब्रेकअप कविता’को रुपमा सार्वजनिक गरिएको छ । सार्वजनिक कवितामा दयाहाङ राइको आवाज सुन्न पाइन्छ । सार्वजनिक भिडियोमा दया नायिका आँचल शर्माको अगाडि बसेर कविता सुनाइरहेका छन् । आँचल उनले ...