Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

पशुपति क्षेत्रमा वृक्षारोपण गर्दै हमालले भने– ‘आधुनिकताको नाममा मानिसहरु भौतिक सुख–सयलमा दौडिए’

Kalakarmi Kalakarmi July 29, 2024 05:33
पशुपति क्षेत्रमा वृक्षारोपण गर्दै हमालले भने– ‘आधुनिकताको नाममा मानिसहरु भौतिक सुख–सयलमा दौडिए’ Image

काठमाडौं– अभिनेता राजेश हमालले वृृक्षारोपण गर्नु न्यायिकपूर्ण काम भएको बताएका छन् । साउनको दोस्रो सोमवार बिहान पशुपति क्षेत्रमा वृक्षारोपण गर्दै अभिनेता हमालले आफ्नो विशेष दिनलाई सत्कर्ममा परिवर्तन गनुपर्ने बताएका हुन् । ‘सबैको जीवनमा महत्वपूर्ण दिन वर्षमा एक चोटी आउँछ । त्यो महत्वपूर्ण दिनलाई सत्कर्ममा परिवर्तन गरेर लग्न सक्यौं भने त्यसबाट धेरै लाभ लिन सकिन्छ, अभिनेता हमालको भनाइ छ । अभिनेता हमालले आज–भोलि आधुनिकताको नाममा मानिसहरु भौतिक सुख–सयलमा दौडिरहेको बताए । उनले जिउनको लागि जुन आधारभूत आवश्यक्ता हो शुद्ध खाना, पानी र वातावरणलाई नजरअन्दाज गर्न नहुने जिकिर गरे । ...