Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘घरज्वाइँ’ को ‘बिन्जुरी’ मा दया र मिरुनाको प्रेम–आकर्षण (भिडियो)

Kalakarmi Kalakarmi June 21, 2024 10:20
‘घरज्वाइँ’ को ‘बिन्जुरी’ मा दया र मिरुनाको प्रेम–आकर्षण (भिडियो) Image

काठमाडौं– दर्शकले अत्यन्त रुचाएको रील जोडी दयाहाङ राई तथा मिरुना मगरको आगामी फिल्म ‘घरज्वाइँ’ को नयाँ गीत सार्वजनिक भएको छ । शुक्रवार सार्वजनिक भएको ‘बिन्जुरी’ बोलको गीतमा एसडी योगीको संगीत, राम अविरल बिष्टको शब्द तथा संगीतकार योगीको स्वर सुन्न सकिन्छ । प्रेमिल शैलीको यो गीतमा फिल्मका अभिनेता दयाहाङ राईको अभिनेत्री मिरुना मगरप्रतिको प्रेम आकर्षणलाई महशुस गर्न सकिन्छ । भिडियोमा दया र मिरुनाको प्रेम–रसायन ताजगिपूर्ण लाग्छ । गीतमा मिरुनालाई ‘बिन्जुरी’ का रुपमा सम्बोधन गरिएको छ । बिन्जुरीको अर्थ फूल हो । अनिल बुढामगर यो फिल्मका निर्देशक हुन् । यो फिल्म ...