कोकाकोला नेपालले ल्यायो ‘कोक बडी’ एप
Kalakarmi
December 6, 2023 10:56
काठमाडौैैं– कोकाकोला नेपालले ‘कोक बडी’ एप सार्वजनिक गरेको छ । राजधानीमा बुधबार एक कार्यक्रमका बीच कम्पनीले मोबाइल एप्लिकेसन सार्वजनिक गरेको हो । आफ्नो वितरणलाई अझै प्रभावकारी बनाउने र नेपालभर आफ्नो उपस्थितिलाई सुदृढ गर्ने उद्देश्यका साथ ‘कोक बडी’ एप ल्याइएको कम्पनीले जनाएको छ । एपमार्फत रिटेलरहरूले जुनसुकै समय र स्थानबाट डिस्ट्रिब्युटरहरूमार्फत कोकाकोलाका पेय पदार्थहरू छिटो र सहज रुपमा अर्डर गर्न सक्ने जानकारी कार्यक्रममा दिइयो । नेपालभरका २५६ वितरक र १ लाख ५६ हजार आउटलेटहरूलाई जोड्दै यो नयाँ मोबाइल एप्लिकेसनले कोकाकोलाका उत्पादनहरू वितरण गरिने शैलीलाई डिजिटल रूपमा रूपान्तरण गर्ने कम्पनीको विश्वास छ । कार्यक्रममा ...