रोटी पकाउने ९० प्रतिशत मानिसलाई थाहा छैन बेल्ना-चकला धुने सहि तरिका
Kalakarmi
November 29, 2023 12:19
काठमाडौं– भान्छामा राखिएका हरेक कुराको नियमित रुपमा सरसफाइ गर्न आवश्यक छ । यी कुराहरुमा लागेको फोहोर सोझै हाम्रो शरीरमा प्रवेश गर्छ, जसले हाम्रो स्वास्थ्यमा खतरा उत्पन्न हुन्छ । हामीमध्ये धेरैले रोटि खाजा र रातिको खानाको रुपमा नियमित सेवन गर्छौँ । रोटि बेल्नका लागि प्रयोग गरिने काठको बेल्ना– चकलाको सफाई पनि अत्यावश्यक हुन्छ । प्रायः मानिस यसको सरसफाईमा धेरै ध्यान दिँदैनन् अथवा यसको सफाईको सही तरिका थाहा हुँदैन । बेल्ना–चकला कसरी सफा गर्ने भन्ने बारेमा केहि जानकारीः बेल्ना–चकलालाई ब्याक्टेरियाबाट बचाएर राख्नका लागि यसको प्रयोग गरेपछि सफा गर्नु आवश्यक छ । ...