मिस नेपाल २००० खड्गीको २५ वर्ष पछि फिल्म डेब्यू: ‘नरसिंहाः अवतार’ मा नयाँ यात्रा


काठमाडौं- सन् २००० मा मिस नेपालको ताज जितेपनि उषा खड्गीले फिल्ममा डेब्यू गर्न समय लगाइन् । मिस नेपाल भएको २५ वर्षपछि उषाले फिल्ममा डेब्यू गरेकी हुन् । उनको डेब्यू अभिनय रहेको फिल्म ‘नरसिंहाः अवतार’ जेठको ९ गतेबाट रिलिजमा आउँदैछ । फिल्ममा उषाको भूमिका के होला भन्ने कौतुहलता दर्शकमा छ । यसैविच, यसको निर्माणपक्षले उषाको फस्टलुक सार्वजनिक गरेको छ । सार्वजनिक पोष्टरमा उषा मुस्कुराएकी छिन् । उनको पछाडि नरसिंहाको ठूलो चित्र देख्न सकिन्छ । यो फिल्मलाई लिएर आफू निकै उत्साहित रहेको उषाले बताएकी छिन् । तर, फिल्ममा उनी अभिनेता राजेश हमालको जोडीको रुपमा हुन् ...