ट्रेन्डिङको पहिलो स्थानमा ‘रावायण’ को ट्रेलर
Kalakarmi
August 23, 2024 07:22
काठमाडौं– तीजको अवसर पारेर यही भदौ २१ शुक्रवारदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘रावायण’ बिहीवार सार्वजनिक भएको ट्रेलर अहिले युट्युब ट्रेन्डिङको पहिलो स्थान पुगेको छ । ट्रेलर सार्वजनिक भएका २० घण्टामै १० लाख ८० हजार बढी भ्यूज पाएको छ भने ट्रेलरमा ३९ हजार लाइक तथा ४ हजार ७ सय ४२ कमेन्ट छन् । फिल्मका कथाकार तथा निर्देशक सुदर्शन थापाले टीजर तथा गीतसँगै ट्रेलरमा प्राप्त प्रतिक्रियाले आफूहरु उत्साहित भएको बताए । ‘टीजर र गीतले हामीलाई जुन किसिमको हौसला दिएको थियो । ट्रेलर रिलिजपछि त्यसमा बढोत्तरी भएको छ । १९ घण्टामा १० लाख ...