Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘इन्टरनेशनल चिल्ड्रेन्स फिल्म फेस्टिभल’मा नेपालको ‘पाउलो’

Kalakarmi Kalakarmi April 5, 2024 05:37
‘इन्टरनेशनल चिल्ड्रेन्स फिल्म फेस्टिभल’मा नेपालको ‘पाउलो’ Image

काठमाडौं- भारतको लखनउमा यही अप्रिल १५ देखि २१ सम्म आयोजना हुन लागेको इन्टरनेशनल चिल्ड्रेन्स फिल्म फेस्टिभल(आईसीएफसी)’ मा नेपाली सर्ट फिल्म ‘पाउलो (द सुज)’ मनोनयनमा परेको छ । जुत्ताको कथावस्तु रहेको फिल्ममा प्रशान्त हुमागाइँ, सुवास सिलवाल, मोहन श्रेष्ठ, उद्धव दंगाल, नरेन भट्टराई, निश्चल कार्की, सम्पन्न दाहाल, लिजेश थापा र सन्देश थापाको अभिनय छ । काठमाडौंमा छायांकन गरिएको फिल्ममा मोहन अभिलाषीको लेखन तथा निर्देशन छ । लेखक तथा निर्देशक अभिलाषीले फिल्ममा पशुपतिनाथ परिसरमा बस्ने परिवारविहिन एक सडक बालकको कथालाई देखाइने बताए । ‘फिल्ममा सुरुदेखि अन्त्यसम्म मुख्य पात्र जुत्तालाई नै बनाइएको छ । मानिस जन्मन्छ, ...