‘राष्ट्रिय चलचित्र अवार्ड-२०८०’ मा विपिन र स्वस्तिमा उत्कृष्ट
Kalakarmi
November 27, 2024 12:09
काठमाडौं- चलचित्र विकास बोर्डको आयोजना तथा राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा राष्ट्रपतिको कार्यालय शीतल निवासमा बुधवार आयोजित ‘राष्ट्रिय चलचित्र अवार्ड २०८०’ समारोहमा अभिनेता विपिन कार्की र अभिनेत्री स्वस्तिमा खड्का उत्कृष्ट अभिनेता-अभिनेत्री घोषित भएका छन् । कार्कीले ‘प्रसाद २’ फिल्म र खड्काले ‘दिमाग खराब’ फिल्मबाट पुरस्कार प्राप्त गरेका हुन् । उत्कृष्ट निर्देशक फिल्म ‘दिमाग खराब’ को लागि निश्चल बस्नेत बने । सबैभन्दा धेरै अवार्ड ‘बुलाकी’ ले प्राप्त गर्यो । यो फिल्मबट उत्कृष्ट फिल्मसहित लेखनमा राजबहादुर साने र छायाङ्कनमा शिव ढकाल पुरस्कृत भए । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी सभापति र सञ्चार तथा ...