Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

नयाँ फिल्म बनाउँदै अर्जुन कुमार, प्रोडक्सन हेडमा पाण्डे नियुक्त

Kalakarmi Kalakarmi May 14, 2024 08:29
नयाँ फिल्म बनाउँदै अर्जुन कुमार, प्रोडक्सन हेडमा पाण्डे नियुक्त Image

काठमाडौं– फिल्मकर्मी अर्जुन कुमारले नयाँ फिल्म निर्माण गर्ने घोषणा गरेका छन् । शीर्षक सार्वजनिक गर्न बाँकी रहेको उक्त फिल्मका लागि निर्माता अर्जुन कुमारले प्रोडक्सन हेडमा फिल्मकर्मी शंकर पाण्डेलाई नियुक्त गरेका छन् । ‘फिल्मको शीर्षक केही समयपछि घोषणा गर्नेछौं, अर्जुन कुमारले प्रोडक्सन हेडको नियुक्तिसंगै फिल्मका कलाकार तथा प्राविधिकहरु अनुवन्ध गर्ने कार्यको थालनी भएको समेत स्पष्ट पारेका छन् । अर्जुन कुमारले द यूगदेखि यूगसम्म, चपली हाइट, चपली हाइट–२, फिटकिरी, फाटेको जुत्ता, चपली हाइट ३ आदि फिल्महरु निमार्ण गरिसकेका छन् ।